ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतमा चट्याङबाट ३३ जनाको मृत्यु

शुक्रबार ०२, साउन २०८२ ०६:०५

पटना । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका छन् । पटनाका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ ।

बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डललाई उदृत गर्दै एएफपीले  सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सूचना जारी गर्न निर्देशन दिइएको जनाएको छ ।  

पटना सरकारले चट्याङ्बाट ज्यान गुमाउनेहरूका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पटना सरकारका अनुसार सन् २०२३ मा २७५ र सन् २०२४ मा कम्तीमा २४३  जनाको चट्याङका कारण मृत्यु भएको थियो ।

बिहारसहित भारतको पूर्वी क्षेत्र वार्षिक बाढीको जोखिममा छ जहाँ मनसुनको समयमा कैयौँको ज्यान जानुका साथै लाखौँ मानिस विस्थापित हुने गरेको जनाइएको छ । रासस

प्रतिक्रिया