धनगढी । धनगढी जेसिजको आयोजनामा मल्टीच्याप्टर अफिसर्स ट्रेनिङ सेमिनार सम्पन्न भएको छ। सेमिनारको उद्घाटन सत्रमा धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाको अध्यक्षता रहेको थियो।
सेमिनारका चिप पाइलटका रूपमा धनगढी जेसिजका पूर्वअध्यक्ष तथा जेसिआइ सिनेटर कृष्णबहादुर बोहरा थिए । को–पाइलटका रूपमा पूर्वअध्यक्ष तथा नेपाल जेसिजका प्रमुख सल्लाहकार जेसिआइ सिनेटर मोहनराज शर्मा थिए ।
प्रशिक्षकहरूले पदाधिकारीहरूको भूमिका, जिम्मेवारी, नेतृत्व विकास, प्रभावकारी कार्यक्रम सञ्चालन तथा संगठन सुदृढीकरण सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
सेमिनारमा फुलबारी जेसिज, अत्तरिया जेसिज, धनगढी लेडिज जेसिज तथा धनगढी जुनियर जेसिज का अध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
विभिन्न च्याप्टरका नेतृत्वकर्ताहरूबीच अनुभव आदान–प्रदान, आपसी समन्वय र संगठनात्मक मजबुतीका विषयमा गहन छलफलसमेत गरिएको थियो। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको सञ्चालन धनगढी जेसिसका महासचिव दीपक गौतमले गरेका थिए ।
धनगढी जेसिजले यस्ता कार्यक्रममार्फत युवा नेतृत्व विकास र संगठन सशक्तीकरणमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ।
प्रतिक्रिया