ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतमा ट्रकसँग बस ठोक्किँदा १८ तीर्थयात्रीको मृत्यु

मङ्गलबार १३, साउन २०८२ ०३:२१

भारतको झारखण्ड राज्यमा मंगलबार बिहान भएको सडक दुर्घटनामा १८ जना हिन्दु तीर्थयात्रीको मृत्यु भएको छ । खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक र तीर्थयात्री सवार बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

झारखण्डको देवघरमा भएको दुर्घटनापछि बसको पछिल्लो भाग पूरै जलेको देखिन्छ । बसमा सवार तीर्थयात्रीहरू साउन महिनाको पवित्र अवसरमा भगवान् शिवको दर्शनका लागि गंगा जल बोकेर यात्रा गरिरहेका थिए ।

स्थानीय सांसद निशिकान्त दुबेले सामाजिक सञ्जालमार्फत दुर्घटनाको जानकारी दिँदै भने, 'बस र ट्रक ठोक्किँदा १८ जना भक्तजनको ज्यान गएको छ ।'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया