धनगढी । नदीको बाढी बस्तीमा पसेपछि कञ्चनपुरका ४० परिवार विस्थापित भएका छन् । जोगबुढा नदीको बाढी बस्तीमा पसेपछि ४० परिवार विस्थापित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ र वडा नम्बर ३ को पटेराखल्लाका १५ परिवार बाढीले विस्थापित भएका हुन् ।
‘रामपुरे टापुका २५ परिवारका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ,’ डीएसपी बोहराले भने, ‘पटेराखल्लाका १५ परिवारलाई जमुना आधारभूत विद्यालयमा राखिएको छ ।’
यस्तै, महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ। डीएसपी बोहराका अनुसार नदीमा पानीको बहाब बढेर एक लाख ६२ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाब एक लाख पुग्नै बित्तिकै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउने गरिएको छ ।
प्रतिक्रिया