ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा अटो खोलामा खस्यो, तीन जना बेपत्ता

सोमबार १६, भदौ २०८२ ०३:२८

दार्चुला । दार्चुलामा यात्रुबाहक अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिका-५ सौँकेबजारस्थित नौगाड खोलामा म १ ह ११४८ नम्बरको अटो खसेको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार होपरीबाट गोकुलेश्वर आउँदै गर्दा भित्री सडकखण्डमा दुर्घटना भएको अटो खोलामा खसेको हो । बेपत्ता तीन जनाको पहिचान हुन नसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले खोजीका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको जानकारी दिए ।

अटोमा चालकसहित पाँच जना सवार थिए । एक जना घाइते एकलाई अस्पताल पुगाइएको छ भने प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया