ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेनजी प्रदर्शन : प्रहरीको अत्यधिक बल प्रयोगप्रति इन्सेकको भर्त्सना

मङ्गलबार २४, भदौ २०८२ १०:०२

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले राजधानीमा भएको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोगप्रति कडा आपत्ति जनाएको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध ‘जेनरेशन जेड’ ले माइतीघरदेखि बानेश्वरसम्म गरेको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले अपनाएको बल प्रयोगले मानवअधिकार र लोकतान्त्रिक मूल्यको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

इन्सेकले निशस्त्र प्रदर्शन नियन्त्रण गर्ने अन्य तरिका अवलम्बन नगरी गरिएको बल प्रयोग गम्भीर अपराधसरह रहेको जनाएको छ ।

इन्सेकले घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, घाइतेहरुको शीघ्र र निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा आक्रोशित युवाहरुसँग संवादमार्फत शान्ति र अमनचयन कायम गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया