धनगढी । बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् ।
गएराति सुधारगृहमा झडप भएको थियो । त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो ।
घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो ।
प्रतिक्रिया