ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा मतदाता नामावली दर्तामा देखिएन उत्साह

शुक्रबार ३१, असोज २०८२ १०:२१

धनगढी । डडेल्धुरामा मतदाता नामावली दर्तामा उत्साह देखिएको छैन । जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून देखिएको हो । 

निर्वाचन आयोगले असोज १० गतेदेखि कात्तिक मसान्तसम्मका लागि देशभर मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरे पनि बिहीबारसम्म १२१ जनाले मात्र नाम दर्ता गरेको निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

निर्वाचन आयोगले आगामी फागुनमा हुने निर्वाचनको तयारीका लागि देशभर मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गरेको छ । आयोगले मतदाता नामावलीमा नयाँ नाम थप्न, त्रुटि सच्याउन र मृतक वा दोहोरो नाम हटाउनका लागि कार्तिक मसान्तसम्म समय तोकेको हो ।

प्रतिक्रिया