धनगढी । कैलाली क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार डम्बरबहादुर रावलले एमाले उम्मेदवारलाई सघाउने भएका छन् ।
एमाले उम्मेदवार सूर्यबहादुर थापालाई सघाउन रावल ब्याक भएका हुन् । प्रत्यक्षमा एमालेलाई साथ दिने र समानुपातिकतर्फ आ–आफ्नो चुनाव चिन्हलाई मत माग्ने उल्लेख सहमति भएको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य भगत बडूवालले पार्टी नेता–कार्यकर्ताहरूको भावनाअनुसार प्रत्यक्षमा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको बताए ।
एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले देश र संविधान जोगाउनका लागि भएको सहमतिले एमालेको जित सुनिश्चित भएको बताइन् ।
प्रतिक्रिया