अग्रलेख मल्टिमिडिया प्रालिद्वारा सञ्चालिन अग्रलेख अनलाइन दोस्रो वर्षमा प्रवेश गरेको छ । २०८१ साल मंसिर ३ गतेदेखि सुरु भएको अग्रलेख अनलाइनको यो एक वर्षको यात्रामा आदरणीय पाठकले देखाउनु भएको स्नेह, सद्भाव र विश्वासले हामीलाई निकै उत्साहित बनाएको छ । दोस्रो वार्षिकोत्सवका अवसरमा हामी हाम्रा सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदातालगायत हामीलाई सद्भाव, सहयोग गर्नुहुने तपाइहरु सबैप्रति आभार प्रकट गर्दछौँ ।
यो एक वर्षको अवधिमा हामीले यस क्षेत्रका सामाजिक मुद्दा, अनियमिमता, भ्रष्टाचार, सामाजिक कुरुतिविरुद्धका मुद्दाहरु प्राथमिकताका साथ उठायौँ । खासगरी प्रदेश र स्थानीय तहका सरकार संचालनमा देखिएका विकृति, सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुका कामकारबाहीको नियमन र निगरानी गर्दै उनीहरुलाई उत्तरदायि बनाउने गरी समाचारका विषयहरु हाम्रो प्राथमिकतामा परे ।
प्रदेश सरकार र स्थानीय निकायमा कतिपय असल अभ्यास पनि भएका छन् । त्यस्ता असल अभ्यासलाई प्रोत्साहन गर्न र नागरिकमा आशाको सञ्चार जगाउन हामीले आशाको सञ्चार कार्यक्रमको पनि सुरुवात गर्यौ । प्रदेश सरकारले बनाएका कानुनको सान्दर्भिकताका सन्दर्भमा नीतिगत बहसको थालनी पनि अग्रलेखले गर्याे । आगामी वर्षमा नीति बहस, पैरवी, आशाको सञ्चारलाई अझ परिस्कृत बनाउदै लैजाने हाम्रो प्रण छ ।
बदलिँदो सञ्चार प्रविधिलाई आत्मसात गर्दै हामी सार्वजनिक निकाय र जिम्मेवारीमा रहेका व्यक्तिका कामकारबाही, अनियमितता, विकृति, विसंगतिविरुद्धका सामग्रीलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दछौँ । अन्त्यमा हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तकले हामीप्रति देखाउनुको भएको विश्वास र सद्भावले निरन्तरा पाउने छ भन्ने आशावादी छाैं ।
अध्यक्ष
अग्रलेख मल्टिमिडिया प्रालि
प्रतिक्रिया