ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतमा के गर्दैछिन् आरजु ?

बिहिबार १४, फागुन २०८२ ०१:३५

धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनावकै मुखमा सिंगापुर उड्दा उनकी पत्नी नेतृ आरजु राणा देउवा भने भारतमा छिन् । उनी भारतको विभिन्न धार्मिकस्थलमा देखिएकी छिन् । 

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेकी आरजुले भारतको उज्जेनस्थित महाकालेश्वोर मन्दिर दर्शन गरेकी छिन् । उनी केही दिनदेखि नै भारत भ्रमणमा रहेको कांग्रेस नेताहरूले जनाएका छन् ।

देउवा भने बुधबार राति सिंगापुरका लागि उडेका थिए । राति रक्तचाप बढेपछि आफ्ना स्वकीय सचिव भानु देउवालाई लिएर देउवा सिंगापुर उडेका हुन् ।

देउवा विगतमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर जाने गरेका थिए । उनी चुनावअघि स्वदेश फर्किने सचिवालयले जनाएको छ । 


 

प्रतिक्रिया