ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी : बुधबारको घटनाबारे छलफलमा प्रशासन, दोषीलाई कारबाही गर्न माग

बिहिबार ११, मङि्सर २०८२ ०१:०७

धनगढी । बुधबार एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेन–जी युवामाथि हातपात गर्ने एमाले कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । जेन–जी युवाहरुले जिल्ला प्रशासन कार्यालयलाई लिखित रुपमै शक्तिपूर्ण आन्दोलनमा भएको दमनबारे छानबिन तथा कारबाही गर्न माग गरेका हुन् ।

‘हामी जेन–जीहरुको माग पूरा गर्नका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरिहेका थियौं,’ जेनजी युवाहरुको मागपत्रमा भनिएको छ, ‘सोही क्रममा युवा संघका केही युवाहरुले हातपात गर्ने, उक्साउने, धम्क्याउने तथा खुकुरी देखाएर दमन र आक्रमण गर्ने प्रयास गरेका कारण हाम्रा केही साथीहरू घाइते भएका छन् । उक्त आक्रमणले हाम्रो शान्तीपूर्ण आन्दोलन गर्ने संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको हुँदा घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिहरुमाथि कडाभन्दा कडा कारबाही गर्न तथा यस्ता अराजक गतिविधिहरु दोहोरीन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गर्दछौं ।’

बुधबारको घटनापछि जेन–जी युवाहरु आज पनि जिल्ला प्रशासन अगाडि पुगेका छन् । उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । जेन–जी युवाहरुले आक्रमणमा संलग्नलाई पक्राउ गरेपछि वार्ता गर्ने बताएका छन् । जेन–जी अगुवा विष्णु खड्काले भने, ‘एमाले कार्यकर्ताले हामीमाथि आक्रमण गरेका छन् । पहिले आक्रमणमा संलग्नलाई पक्राउ गर्नुपर्छ । त्यसपछि थप छलफल हुन्छ ।’ 
यस्तै, युवा संघका नेताहरु पनि जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले घटनाबारे अहिले छुट्टाछुट्ट्रै छलफल भइरहेको बताए । ‘अहिले छुट्टाछुट्ट्रै छलफल भइरहेको छ, हामी सयुक्त रुपमा पनि छलफल गर्छाैं,’ उनले भने । 

बुधबार एमाले नेता बस्नेतको विरुद्वमा जेन–जी युवाहरुले प्रदर्शन गरेका थिए । सोही क्रममा युवा संघका कार्यकर्ताले जेन–जी युवाहरुमाथि हातपात गरेका थिए । 

प्रतिक्रिया