ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘सबैले पार्टी रोजे, मैले जनता रोजे’

आइतबार १८, माघ २०८२ ११:१२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले अन्यको रोजाइमा पार्टी पर्दा आफूले जनता रोजेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो तर्क सार्वजनिक गरेका हुन् । ‘सबैले पार्टी रोजे, मैले जनता राजे,’ उनले फेसबुकमा लेखेका छन् । 

स्वतन्त्रबाट चुनाव लडेर स्थानीय तहमा जित हात पारेका ‘चर्चित’ तीन जना मेयरमध्ये दुई जना राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिसकेका छन् । काठमाडौं महानगरका पूर्वमेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता छन् । उनी झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्व चुनावी मैदानमा छन् । धरान उपमहानगरका मेयर हर्क साम्पाङ साम्पाङ श्रम संस्कृति पार्टी खोल्दै सुनसरी क्षेत्र नम्बर–१ मा उम्मेदवार बनेका छन् । 

हमाल भने आफूलाई धनगढीका जनताले पाँच वर्ष मेयर पदका लागि म्यान्डेट दिएको बताउँदै सोही जिम्मेवारी निभाउँदै आएको बताउँदै आएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढीकै मेयरमा स्वतन्त्र लडेका हमाल २ हजार ७०० मतले कांग्रेसका नृपबहादुर वडसँग पराजित भए । ०७९ सालको स्थानीय तह निर्वाचनमा भने कांग्रेसका उनै वडलाई पराजित गर्दै हमाल मेयरमा विजयी भएका थिए । हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।

प्रतिक्रिया