धनगढी । गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा मन्त्रालयका सहसचिव र उपसचिवसंगै मन्त्री अर्याल आज विहान धनगढी पुगको हुन् ।
यस्तै आज दिउँसो गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि धनगढी पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
‘गृहमन्त्री र सुरक्षा निकायका प्रमुख भोलि हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आउनु भएको हो,’ सूचना अधिकारी जोशीले भने, ‘आज पनि नाका क्षेत्रमा निरीक्षणको कार्यक्रम छ ।’
भोलिको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरु, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुण २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सुदूरपश्चिम सरकारका तर्फबाट प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया