ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका यी क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने तयारी

बुधबार १७, मङि्सर २०८२ ११:००

धनगढी । सुदूरपश्चिमका विभिन्न क्षेत्रलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने तयारी भएको छ । गिद्धको उपस्थिति राम्रो रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी कोरीडोर, खुटिया नदी क्षेत्रलगायतलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गर्ने तयारी भइरहेको हो । 

यसअघि नेपालको गण्डकी र लुम्बिनी क्षेत्रलाई विश्वमै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको थियो । अब दोस्रोपटक सुदूरपश्चिममा गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिने नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भूपाल नेपालीले जानकारी दिए । 

सेटेलाइट ट्याग गरी वातावरणमा छोडिएका गिद्धहरू तुलनात्मक रूपले अन्यभन्दा बाँच्ने औसतदर बढी, डाक्लोफेनेकका कारण गिद्धको मृत्युवरण नभएको र औषधीको सर्वेक्षण गर्दा डाक्लोफेनेक नभेटिएको आदि मापदण्डका आधारमा गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिने जनाइएको छ।  

गिद्ध संरक्षणका लागि सुदूरपश्चिम प्रदेशमा गिद्ध सचेतना कार्यक्रम, गिद्धको अनुसन्धान, भेटेरिनरी औषधी अनुगमन, गिद्धमा स्याटेलाइट जडान, गिद्धको गुँड अनुगमनलगायतका कार्य हुँदै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका १५ डङ्गर गिद्ध र चार सानो खैरो गरी १९ गिद्धमा सेटेलाइट जडान गरिएको छ । सेटेलाइट जडान गरिएका गिद्धहरूको नियमित अनुगमन गर्ने गरिएको छ । बिसिएनका अनुसार कञ्चनपुर र डडेल्धुरामा गिद्धको गुँड बढ्दो क्रममा छ भने कैलालीमा घटिरहेको छ । 

प्रतिक्रिया