ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरा आगलागीमा दुई करोडको क्षति

बुधबार १७, मङि्सर २०८२ ११:२०

धनगढी । बाजुरा सदरमुकाम मार्तडीमा बुधबार भएको आगलागीमा दुई करोडको क्षति भएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका–८ मार्तडी बजारस्थित प्रकाश थापाले सञ्चालन गरेको टिनले बनेको सागर ग्यारेज तथा गोदाममा विद्युतको लाइन सटए भएर आगलागी भएको थियो । 

आगलागीबाट गोदाम र ग्यारेजभित्र रहेका सम्पूर्ण सामानहरु गरी दुई करोड बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ । स्थानिय, नेपाल प्रहरी, नेपाली
सेना र सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । 

प्रतिक्रिया