ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको ५ नम्बर क्षेत्रबाट काँग्रेसले कसलाई बनाउँला उम्मेदवार ?

आइतबार २१, मङि्सर २०८२ ०१:३०

धनगढी  । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस मापदण्ड बनाइसकेको छ । सोअनुसार क्षेत्र र जिल्ला तहबाट सिफारिसका लागि उम्मेदवारको नाम छनोट गर्न थालिएको छ । 

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ले पनि उम्मेदवार सिफारिसका लागि छलफल थालिसकेको छ । क्षेत्रीय सभापति भीम पडालका अनुसार २३ गतेभित्रै जिल्लालाई नाम सिफारिस गर्ने तयारी छ । 

नाम सिफारिसको तयारी हुँदा ५ नम्बर क्षेत्रबाट काँग्रेसले कसलाई उम्मेदवार बनाउँला भन्ने विषयमा पनि चर्चा हुन थालेको छ । पूर्वमन्त्री तथा नेपाली काँँग्रेसकी नेतृ डा. आराजु राणा देउवाका विषयमा पनि चर्चा छ । जिल्लातहका काँग्रेस नेताहरुका अनुसार राणाले कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने संकेत गरेकी छिन् । उनी ०७४ सालको निर्वाचनमा यहीँ क्षेत्रबाट एमालेका नारदमुनि रानासंग पराजित भएकी थिइन् । 

यस्तै, क्षेत्र नम्बर ५ बाट काँग्रेसले प्रदेश महामन्त्री नरनारायण शाहलाई उम्मेदवार बनाउने पनि चर्चा छ । शाह कैलालीका पूर्वसभापति पनि हुन् । उनले निर्वाचन लड्ने इच्छा राख्दै कार्यकर्तासंग भेटघाट बढाएका छन् । यस्तै, ०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वउपमेयर सुशीला मिश्रको नाम पनि चर्चामा छ । 

‘आरजु राणा देउवाले नै चुनाव लड्ने इच्छा राखेपछि अरुले टिकट पाउने सम्भावना कम हुन्छ,’ कैलाली कांग्रेसका एक नेताले भने, ‘आरजु लड्नुभएन भने नरनारायण शाहको सम्भावना बढी हुन्छ ।’
 

प्रतिक्रिया