धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म ओलीनिवास गुन्डुमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको हो।
ओलीसँग छलफल गर्न कार्यवाहक सभापति खड्का नेता रमेश लेखकसँगै गुण्डु पुगेका थिए । दुई दलले ओलीसँग राष्ट्रिय सभामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ ।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ । जसमा कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने समझदारी बनेको छ ।
छलफलमा कांग्रेसले भने ७ सिटमा सहमत भए पनि हरेक प्रदेशबाट एक–एक जना उम्मेदवार पाउनु पर्ने शर्त राखेको छ ।
प्रतिक्रिया