ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका सांसद चौधरी भन्छन्– रास्वपा प्रवेश गरेको छैन, कुलमान भेट्न गएको हुँ

मङ्गलबार २२, पुष २०८२ ११:४६

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वपदाधिकारीका साथै थरुहट/थारुवान अभियन्ताहरूबिच भएको समायोजन कार्यक्रममा देखिएका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफू कुनै दलमा प्रवेश नगरेको बताएका छन् । सोमबार राष्ट्रियसभा गृहमा भएको एकता समायोजन कार्यक्रममा चौधरी मञ्चमै देखिएका थिए । तर, नागरिक उन्मुक्ति दलबाट सांसदमा विजयी चौधरीले आफू कुनै पनि दलमा प्रवेश नगरेको बताए । 

‘आफ्नो निर्वाचन क्षेत्रको सडक र पुलका योजना निर्माणका लागि मन्त्री कुलमान घिसिङलाई पहिलेदेखि भेट्न खोजिरहेको थिए,’ सांसद चौधरीले भने, ‘हिजो रास्वपाको कार्यक्रममा पुगेका साथीहरुले कुलमान कार्यक्रममा आउने जानकारी दिएपछि उहाँलाई नै भेट्न म पनि राष्ट्रियसभा गृहमा पुगेको थिए । तर, रास्वपा प्रवेशको सूचीमा नाम राखिदिए । म पनि झुक्किएर मञ्चसम्म पुगेको थिए । कार्यक्रममा कुलमान नदेखिएपछि म फर्किएको हुँ । रास्वपमा प्रवेश गरेको छैन ।’

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी थिइन् । उक्त एकताबारे पनि आफूलाई कुनै जानकारी नरहेको सांसद चौधरीले बताए । ‘मिडियामा अध्यक्षज्यूको हात मिलाएको फोटो देखेको थिए,’ सांसद चौधरीले भने, ‘त्योबाहेक हामीलाई कुनै परिपत्र भएको छैन । अहिले पनि हामी नागरिक उन्मुक्तिकै बोर्डमुनि छौं ।’

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा २ मा विजयी भएका थिए । उनीसंग सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात सांसद छन् ।

प्रतिक्रिया