ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

शनिबार २६, पुष २०८२ ११:३४

धनगढी । डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । केआईसिंह राजमार्गमा रहेको शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीयाा पैदल यात्री तारादेवी बलायरको मृत्यु भएको हो ।

धनगढीबाट दीपायलतर्फ जाँदै गरेको सुपप्र ०१–०१३ प ८१२८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा बलायरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक दीपायल सिलगढी– २ खुल्लेक बस्ने २६ वर्षीय मोहन बोगटी र मोटरसाइकल पछाडि सवार सोही ठाउँ वस्ने ३६ वर्षीय राम बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया