धनगढी । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार ‘गरिबीको लघुक्षेत्र अनुमान– ०८२’ को प्रतिवेदनमा र सार्वजनिक ग¥यो । प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन् ।
प्रतिवेदनअनुसार सबैभन्दा धेरै गरिबीको रेखामुनि रहेका १० पालिकामा सुदूरपश्चिमका मात्रै छ वटा छन् । अछामको ढकारी र बैतडीको सिगास गाउँपालिका तथा अछामकै कमलबजार नगरपालिका गरिब नेपाली रहेको स्थानीय तहको सूचीमा क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । डोटीको शिखर नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिका सातौँ र आठौँ स्थानमा छन् । बैतडीस्थित शिवनाथ गाउँपालिका दसौँ स्थानमा छ ।
जिल्लागत रूपमा हेर्दा गरिबीको दर सबैभन्दा धेरै अछाममा ४९.५८ छ । बैतडी, बाजुरा, डोटी र बझाङमा पनि गरिबीको रेखामुनि रहेको जनसंख्या धेरै छ । ३४ जिल्लामा गरिबीको दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४३ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा बढी छ ।
प्रतिक्रिया