ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गगन थापाको कांग्रेसमा सुदूरपश्चिमका ११ जना

शुक्रबार ०२, माघ २०८२ ११:३४

धनगढी  । गगन थापाले घोषणा गरेको काग्रेसको नयाँ कार्यसमितिमा सुदूरपश्चिमबाट ११ जना परेका छन् ।

विशेष महाधिवेशनपछि बिहिबार राति घोषणा गरिएको कांग्रेसको नयाँ कार्यसमिति घोषणा हुँदा सहमहामन्त्रीसहित केन्द्रीय कमिटीमा ११ जनालाई समेटिएको छ ।

सुदूरपश्चिम १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको गृह प्रदेश हो । नयाँ कार्यसमितिमा बझाङका युवा नेता प्रकाश स्नेही रसाइलीले सह–महामन्त्रीको जिम्मेवारी पाएका छन्।

यसैगरी सदस्यहरुमा बझाङबाट जगत जोशी र बाजुराबाट जनक गिरी, डोटीबाट भरत खड्का र कञ्चनपुरबाट सन्तोषी ऐर साउद केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

कैलालीबाट सुनिता राना, निपा चोखाल, सम्झना केसी, विजय स्वार र हिमबहादुर रावल केन्द्रीय सदस्य बनेका छन् र बैतडीबाट नरेन्द्र भट्ट पनि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया