बझाङ । जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको छ। खप्तड छान्ना गाउँपालिका–७ निवासी ७३ वर्षीय गोरख रोकाया सहित १० जना रास्वपामा प्रवेश गरेका छन्।
आज आयोजित एक कार्यक्रममा उनी सदरमुकाम चैनपुरस्थित रास्वपा पार्टी कार्यालय पुगेर पार्टी प्रवेश गरेका हुन्। उनलाई उम्मेदवार शैलेस सिँहले प्रवेश गराएको युवा नेता अरुण कुमार राेकायाले बताउनु भयाे ।
यसैगरी, त्रिवेणी क्याम्पस बुङ्गलका स्ववियु सभापति चक्र बोहरा पनि प्रवेश गरेका छन भने , विभिन्न पृष्ठभूमिका व्यक्तिहरू पनि रास्वपामा प्रवेश गरेका छन्। उनीहरूले “बझाङमा परिवर्तन आवश्यक छ” भन्ने सन्देशसहित प्रतिनिधिसभा उम्मेदवार सिँहकाे हातबाट सदस्यता लिएका हुन ।
अन्य प्रवेशकर्ताहरूलाई भने रास्वपा बझाङ जिल्ला सभापति सत्यराज उपाध्यायले सदस्यता प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै सभापति उपाध्यायले पछिल्लो समय बझाङ जिल्लाले दुई जना जेन–जि पुस्ताका प्रतिनिधि गुमाएको उल्लेख गर्दै अब नयाँ शिराबाट अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। परिवर्तनको चाहनासहित जिल्लाका विभिन्न स्थानबाट रास्वपामा प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएको उनले बताए। हाल बझाङ जिल्लामा ७ वटा राजनीतिक दलहरू निर्वाचन प्रतिस्पर्धामा होमिएका छन् भने चुनावी सरगर्मी क्रमशः बढ्दै गएको छ।
प्रतिक्रिया