धनगढी । सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ । सत्ता गठबन्धन दल नेपाली काँग्रेस र नेकपा एमाले समेट्दै बनाइएको सुदूरपश्चिमस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक सम्पन्न भएको हो । बैठकले तीन वटा निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए ।
उनका अनुसार संसदीय अभ्यासलाई सुचारू गर्नका लागि यथाशिघ्र गतिविधि अगाडि बढाउने निर्णय भएको छ । ‘रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा यथाशिघ्र टुंगो लगाएर कार्यन्वयन गर्ने पनि निर्णय गरिएको छ,’ प्रवक्ता रावतले भने, ‘बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा केन्द्रविन्दु भएर ६ पुसमा गएको भूकम्पबाट पीडित भएकाहरुलाई विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुर्नस्थापनाका कार्यक्रम अगाडि बढाउने पनि निर्णय भएको छ ।’
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको अध्यक्षतामा भएको हो । बैठकमा नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर, नेकपा एमालेका सुदूरपश्चिम अध्इक्ष कृष्णप्रसाद जैशी, काँग्रेस सुदूरपश्चिमका उपसभापति लोकराज अवस्थी, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र नेकपा एमाले सुदूरपश्चिमका संसदीय दलका नेता राजेन्द्र रावल सदस्यका रुपमा सहभागी थिए । बैठकको अध्यक्षतामा आलोपालोको हिसावले गर्ने सहमति पनि भएको छ ।
प्रतिक्रिया