धनगढी । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासन गरिसकेको छ ।
बुधबार बसेको सचिवालय बैठकले पार्टी हितविपरीतका गतिविधिमा सक्रिय भएको भन्दै रावललाई संगठित सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
तर, बैठकमा थुप्रै पदाधिकारीले निष्कासनको निर्णय गर्न नहुने धारणा राखेको बताइएको छ ।
उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई निष्कासनको निर्णयमा जान नहुने तर्क राखेका थिए ।
आफ्नो कुरा राखेकै कारण निष्कासनकै कारबाही गरिन नहुने धारणा उनीहरुको थियो ।
प्रतिक्रिया