धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदशेका नौ जिल्लामा पार्टीको जिल्ला समिति निर्माण गरेको छ ।
पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाले सुदूरपश्चिमका सबै जिल्लामा भेला सम्पन्न भएको जानकारी दिएका छन् ।
उनले भेलाबाट नौवटै जिल्लामा नयाँ जिल्ला समिति बनाइएको बताएका छन् ।
कैलालीमा महेशकुमार चौधरी, दार्चुलामा गोपालसिंह कोटियारी, बाजुरामा नवराज जैशी, अछाममा ओमप्रकाश रावल, बझाङमा सत्यारज उपाध्याय, डोटीमा केशव बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी, बैतडीमा भीम नाथ र कञ्चनपुरमा पदमबहादुर विष्ट पार्टी सभापति बनेका छन् ।
प्रतिक्रिया