धनगढी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताएकी छिन् । धनगढी सञ्चारकर्मीसंग कुराकानी गर्दै परराष्ट्र मन्त्री डा. राणाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको बताइन् ।
उनले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि चाँडै निमन्त्रणा दिने विश्वास व्यक्त गरिन । उनले भनिन्,“हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बर नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौ । उहाँ पनि नेपाल आउनुहुन्छ होला , हामीलाई पनि अवश्य बोलाउनु हुन्छ । उहाँहरूको व्यस्तता होला उपयुक्त समयमा पक्कै बोलाउनु हुन्छ । ”
यस्तै परराष्ट्र मन्त्री डा. देउवाले विपिन जोशी चाँडै स्वदेश फर्किने विश्वास व्यक्त गरिन । लिखित रुपमा इजराइली राजदूतावासबाट परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नभए पनि जोशीलाई स्वदेश ल्याउनेमा आफूले निरन्तर पहल गरिरहेको उनको भनाई छ ।
यस्तै पत्रकारहरूले राखेको एक फरक जिज्ञासामा निर्मला पन्तको घटनालाई भुल्न नसकिने बताउँदै पन्तकै जिल्लाका गृहमन्त्री भएकाले समेत छिट्टै पन्तले न्याय पाउने विश्वास समेत परराष्ट्रमन्त्रीले व्यक्त गरिन ।
प्रतिक्रिया