धनगढी । प्रहरीले धनगढीमा ६१ हजार मूल्यको अवैध सामान बेवारिसे फेला पारेको छ । शनिबार धनगढी उपमहानगरपालिका-२ सिशापोष्ट नजिक, धनगढी-९ त्रिवेणीघाट र जोशीपुर गाउँपालिका-२ बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६१ हजार मूल्यको सामान बेवारिसे अवस्थामा फेला परेको हो ।
उक्त मूल्यको प्याज, चामल, दाल, हरियो मटर, मसला, बच्चाको खेलौना, बिडी, सुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया