ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली आउँदै गरेको जिप डोटीमा दुर्घटना, चार जना घाइते

मङ्गलबार ०३, चैत २०८२ १२:३८

डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । 

मंगलबार बिहान इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुने क्रममा सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक कैलालीको गौरीगंगा नगरपालिका–९ का २८ वर्षीय सन्तोष सापकोटा खुट्टा र कम्मरमा चोट लागेर मध्यम घाइते भएका छन् । त्यस्तै, घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी टाउको र ढाडमा गम्भीर चोट लागेर गम्भीर अवस्थामा रहेका छन् ।
यस्तै, बोगटान फुड्सिल–३ का १७ वर्षीय नरेश साउँद टाउको, अनुहार र ढाडमा चोट लागेर गम्भीर घाइते भएका छन् भने अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा टाउको, हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया