धनगढी । नेकपा (एमाले) अछाममा उलटपुलट भएको छ । विभिन्न तहको जिम्मेवारीमा रहेका दर्जनौले एमाले छोड्ने निर्णय गरेसंगै पार्टीभित्र उलटपुलट भएको हो । पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले निष्कासन गरेपछि उनीहरुले पनि पार्टी छोडेको बताएका छन् । रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले छोडेको उनीहरुको भनाई छ ।
केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश सल्लाहकार हर्क कुँवर, जिल्ला कमिटीका संगठन विभाग प्रमुख प्रकाश शाह लगायतका नेताहरुले पार्टी छोडेका हुन् ।
पाँच जना सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, चार जना प्रदेश कमिटी सल्लाहकार,सात जना जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला कमिटीका १८ जना, जिल्ला कमिटी सल्लाहकार १३ जना, नगर कमिटीका चार जना, अनेम संघ नगर अध्यक्ष र युुवा संघ नगर अध्यक्ष लगायतले एमाले छोड्दै मातृभूमि जागरण अभियानमा आवद्ध हुने बताएका छन् । रावल पनि अहिले गृहजिल्ला अछाममै छन् ।
प्रतिक्रिया