बैतडी । बैतडीमा अति विपन्न परिवारका बालबालिकालाई कम्बल वितरण गरिएको छ । मेलौली नगरपालिका–२ मा रहेको धर्मघर मावि सलेनामा अध्ययनरत अति विपन्न परिवारका १५ जनालाई कम्बल वितरण गरिएको हो ।
आइतबार विद्यालयको वार्षिकोत्सवका अवसरमा विद्यालयले छनौट गरेका अति विपन्न परिवारका १५ जना बालबालिकालाई माया घर नेपालद्वारा सञ्चालित कपडा बैंक शाहीलेकले कम्बल वितरण गरेको बताइएको छ ।
बैतडीका अन्य विद्यालयका विपन्न बालबालिकाहरुलाई पनि कम्बल वितरण गर्ने योजना रहेको कपडा बैंकका सञ्चालक महेशदत्त भट्टले बताए ।
प्रतिक्रिया