ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली-कञ्चनपुरमा अवैध सामान बरामद

सोमबार ०७, माघ २०८१ ०१:०५

धनगढी । कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट आइतबार प्रहरीले ढाई लाख बढीको अवैध सामान बरामद गरेको हो । 

धनगढी उपमहानगरपालिका-१ बसन्त टोल र जोशीपुर गाउँपालिका-१ पिपरकोटीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी २ लाख १२ हजार २०० मूल्यको चिनी, बदाम, कुर्ता, सुर्ती, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका-६ नकैयामा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ४० हजार ३९० मूल्यको चिनी, युरिया मल, सुर्ती, कुरकुरे लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया