काठमाडौँ । सडक चेकिङका क्रममा एक युवकमाथि बुटैबुटले निर्घात कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बित भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार गणेशस्थान बिटमा कार्यत असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बित भएका हुन् ।
एसपी मिश्रले घटना गत पुस १५ गतेको भएको बताए । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरिएको थियो ।
कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । कुटिएका व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना रहेको र उनलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।
प्रतिक्रिया