ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अधिवक्ता त्रिपाठीमाथि कुटपिट आरोपमा सीतादेवी पक्राउ

सोमबार ०७, माघ २०८१ ०२:२०

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा झापाको बुद्ध शान्ति गाउँपालिका-४ घर भई काठमाडौँ शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई पक्राउ परेकी छिन् । 

उनलाई शान्तिनगरबाट पक्राउ गरी अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया