काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले आर्थिक वर्ष ०८०/०८१ को आय व्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको बताए ।
सोमबार सार्वजनिक प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ । गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपैयाँ आम्दानी भएको छ भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ खर्च भएको छ ।
पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भएरगरेको खर्च विवरण उल्लेख छ ।
सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रमुख पौडेलले जानकारी दिए ।
प्रतिक्रिया