काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेश मामिला, अध्यागमन र इजिप्टियन प्रवासी मामिलामन्त्री डा. बद्र अब्देल–अतीसँग फोनवार्ता गरेकी छन् । फोनवार्ताको क्रममा परराष्ट्रमन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।
जवाफमा अब्देल-अतीले विपिनको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् । विपिनको छिट्टै रिहाइ हुने परराष्ट्र मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।
आइतबार भएको टेलिफोन कुराकानीमा गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको भूमिकाबारे छलफल भएको थियो ।
प्रतिक्रिया