ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

५० लाख धरौटीमा रिहा भए पूर्वडीआईजी जोशी

सोमबार ०७, माघ २०८१ ०३:५३

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

धरौटी बुझाएर जोशी रिहा भएका छन् । जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए । 
 

प्रतिक्रिया