धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट १ लाख ६२ हजार ९९० मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार भीमदत्त नगरपालिका-१० भन्सार रोड र भीमदत्त-११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका कपडा, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया