काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेर १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि बढेर १ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८६० रुपैयाँ थियो ।
प्रतिक्रिया