काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानुनमा समावेश हुने बताएका छन् । सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । उनले भने, 'लामो समयदेखि सशस्त्र प्रहरी जवानले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश गरिनेछ । यो कुरा आजको विशेष दिनमा सशस्त्र प्रहरी बल नेपालका सक्कल दर्जाको अगाडि राख्न पाउँदा खुसीको अनुभव गरिरहेको छु ।’
उनले सम्पूर्ण अधिकृतदेखि जवान समेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको बताए । सशस्त्र प्रहरीको विधेयकलाई केही दिनमै संघीय संसद्मा दर्ता गर्ने तयारी रहेको समेत उनले बताए ।
प्रतिक्रिया