ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा विद्यालयको गेट खस्दा बालकको मृत्यु

शुक्रबार ११, माघ २०८१ १०:४७

धनगढी । कैलालीमा विद्यालयको गेट भत्किदा बालकको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका –९ गदरियास्थित जनता माद्यामिक विद्यालयको गेट भत्किदा सोही ठाउँका नरेश रानाका ७ वर्षीय छोरा प्रवेश रानाको मृत्यु भएको हो ।

विद्यालयको मैदानमा बालबालिका खेल्ने क्रममा गेट भत्किएपछि रानाको टाउकोमा लागेको थियो । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सोही ठाउँका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रतिक्रिया