धनगढी । भूमि समस्या समाधान आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले भूमि सम्बन्धि समस्या समाधान गर्ने बताएका छन् । शुक्रबार पद बहाली गर्दै उनले यस्तो बताएका हुन् । ‘कैलालीमा अधुरो रहेको भूमि सम्बन्धिको समस्या समाधान हुन्छ,’ उनले भने, ‘दुई ठुलो दल मिलेर भूमि समस्या समाधान गर्ने नयाँ अध्यादेश आएको हुदाँ अब सबै समस्या समाधान हुन्छन् ।’
उनले पार्टी र गठबन्धनले दिएको जिम्मेवारी इमान्दीका साथ पूरा गर्ने बताए । आफ्नो पहिलो कार्यकालमा धेरै काम भएको र अब बाँकी रहेका कामलाई पनि समयभित्रै पूरा गर्ने उनको दाबी थियो ।
उपाध्याय यसअघि पनि आयोगका अध्यक्ष भइसकेका छन् । पद बहाली तथा स्वागत कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पुर्वाधार विकासमन्त्री प्रकाश देउवा, प्रदेशसभा सदस्य मानबहादुर रावल, प्रदेशसभा सदस्य विक्रम धामी, एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगाना र कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनप्रसाद हमालको सहभागिता रहेको थियो ।
प्रतिक्रिया