सुर्खेत । रुकुम पश्चिममा प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्रै मृत भेटिएका छन् । त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर मृत भेटिएका प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकका अनुसार सपना वडा नम्बर ६ की हुन् । उनलाई लोकेन्द्रले चार दिनअघि विवाह गर्ने भन्दै भगाएका थिए । स्थानीयले सोधिखोजी गर्दा शनिबार बिहान लोकेन्द्रकै घरमा रहेको अस्थायी टहरामा सपनाको शव भुइँमा र लोकेन्द्र झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
मृतक लोकेन्द्रकी आमा बिरामी रहेकाले उनका आमाबुबा उपचारका लागि नेपालगञ्ज गएका बेला यस्तो घटना घटेको प्रहरीले बताएको छ । प्रहरीले आमाबुवाबा आएपछि मात्रै घटनाको अनुसन्धान गरिने बताएको छ ।
प्रतिक्रिया