बाजुरा । बाजुरामा ७ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । शनिबार स्वास्थ्य कार्यालय बाजुराले जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीहरुसँग अभिमुखीकरण गर्दै जिल्लाका ७ हजार ८९४ जना किशोरीलाई एचपिभी खोप लगाइने जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ९ वटै स्थानीय तहका ११८ विद्यालय तथा ९१ अन्य खोप केन्द्रबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइनेछ । यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त खोप अभियानमा २१० स्वास्थ्यकर्मी र ४१८ स्वयमसेवक खटिनेछन् ।
प्रतिक्रिया