धनगढी । डेउडा प्रतिष्ठानको केन्द्रीय समिति अध्यक्षमा लोकदेउडा गायक सुरतबहादुर रावत 'डोटेली कान्छा' चयन भएका छन् । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट केन्द्रीय समिति अध्यक्षमा रावत निर्विरोध चयन भएका हुन् ।
अधिवेशनले प्रतिष्ठानको उपाध्यक्षमा भक्तराज जोशी, महिला उपाध्यक्षमा सरिता कठायत, महासचिवमा तोयनाथ भट्ट, उपमहासचिवमा प्रेम विवश चन्द, सांगठनिक सचिवमा विष्णुभक्त खैर, प्रशासनिक सचिवमा धर्मराज जोशी, कोषाध्यक्षमा कृष्णा सिराडी र सह–कोषाध्यक्षमा धनसरा साउँदलाई चयन गरेको छ ।
त्यस्तै, सदस्यमा केशवराज फुलारा, धनेश्वरी रेग्मी, चन्द्रबहादुर थापा, सरस्वती धामी, जयन्ती धामी चयन भएको मुख्य निर्वाचन अधिकृत पदमबहादुर धामीले बताए । २५ सदस्यीय कार्यसमितिमा बाँकी सदस्य कार्यसमितिले मनोनित गर्नेछ ।
प्रतिक्रिया