काठमाडौँ । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगमा मदन राईलाई दोषी ठहर गरेको छ । राईमाथि आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोप थियो ।
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईले बताए ।
राईलाई कति सजाय हुने भन्नेबारे भने अर्को पेसीमा सुनुवाइ हुने भएको छ । सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि माघ २५ गतेलाई पेसी तोकिएको छ ।
प्रतिक्रिया