काठमाडौँ । स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-२४ इन्द्रचोकबाट चितवनको भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौँ टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ पक्राउ परेका हुन् ।
उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले नगदसहित फेला पारी आइतबार दिउँसो पक्राउ गरेको हो ।
प्रतिक्रिया