डडेल्धुरा । डडेल्धुराका झण्डै ७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लाका ६ हजार ९८६ किशोरीलाई एचपिभी खोप लगाइने भएको हो ।
यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभर खोप अभियान सञ्चालन भइरहेको स्वास्थ कार्यालय डडेल्धुराका अधिकृत हरि भट्टले बताए । सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
प्रतिक्रिया