काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता भएको सूचना अधिकारी निल प्रसाद पनेरुले जानकारी दिए ।
कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी लामिछानेले दावी गरेका छन् ।
प्रतिक्रिया