धनगढी । कैलालीमा खैरो हेरोइनसहित तीन युवक पक्राउ परेका छन् । सोमबार बेलुका गोदावरी नगरपालिका-८ स्याउले बस्ने २६ वर्षका सुरेन्द्र कटुवाल, १९ वर्षका पुरन विक र २२ वर्षका करन गुरुङ लागुऔषधसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई ९०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलाली र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले टोलीले नियन्त्रणमा लिएको जनाएको छ । तीनै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया